अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

पूर्वराजा शाह भारत भ्रमणमा

बिआरटीनेपाल २०७६ फागुन ४ गते ८:१२ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रामा भारत प्रस्थान गर्नुभएको छ । आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट शाह दम्पत्ति दिल्ली प्रस्थान गर्नुभएको हो ।

दिल्लीबाट पञ्जावको अमृतसरस्थित शिखहरुको पवित्र तिर्थस्थलमा दर्शनका लागि उहाँहरु त्यसतर्फ प्रस्थान गर्ने निर्मल निवास सचिवालयले बताएको छ । भ्रमण टोलीमा उहाँकी बहिनी शोभा शाही तथा मोहनबहादुर शाही र केही अन्य निकटका नातेदार पनि छन्।

गोल्डेन टेम्पल दर्शनपछि पुनः दिल्ली फर्कने र केही दिन त्यहाँ बिताएर करिब दुई सातापछि पूर्व राजा नेपाल फर्कने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय