अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

सांसद आचार्यद्वारा सामुदायिक भवन शिलान्यास

बिआरटीनेपाल २०७६ फागुन २ गते ११:५३ मा प्रकाशित

रसुवा, नेपाली काँग्रेसका नेता एवं संधीय सांसद मोहन आचार्यले ज्येष्ठ नागरिकहरूलाई राज्यले उचित सम्मान दिन पर्ने बताउनु भएको छ । रसुवाको कालिकामा आयोजित ज्येष्ठ नागरिक सामुदायिक भवनको शिलान्यास गर्दै सांसद आचार्यले ज्येष्ठ नागरिकहरूको अनुभव रसिपलाई व्यवहारमा उतार्न सके समाज लाभान्वित हुन सक्छ भन्नुभयो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) मार्फत ५० लाख रुपैयाँको लागतमा सो भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागी यस वर्ष १५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने अर्को आर्थिक वर्षमा सो भवन निर्माणमा सम्पन्न गरिने छ ।

कार्यक्रम प्रदेश सभा सदस्य प्रेम तामाङ र उत्तरगयाँ गाउँ पालिकाका प्रमुख उपेन्द्र लम्सालले सांसद आचार्यको पहलमा रसुवाले पूर्वाधार निर्माणले गति लिएको बताउनु भयो ।

सांसद आचार्य कै पहलमा संवृद्ध रसुवा निर्माण अभियान अन्तर्गत जिल्लाका सबै क्षेत्रलाई सडक संन्जालमा जोड्ने काम भई रहेको उहाहरूले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय