अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक, २०७६ पारित

बिआरटीनेपाल २०७६ माघ २९ गते ७:२३ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठकले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक, २०७६ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो ।

त्यसअघि, सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले ऐन ल्याइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय