अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

‘एमसिसी ल्याए देश सिरिया हुन्छ’ भन्दै रोक्न वैद्य समूहको ज्ञापन

बिआरटीनेपाल २०७६ माघ २८ गते ७:४२ मा प्रकाशित

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) रोक्ने पक्षमा लागेको छ । क्रान्तिकारी माओवादी अन्तरगतकै देशभक्त गणतान्त्रिक मोर्चाले त्यसको लागि सरकारलाई ज्ञापनपत्र बुझाएको छ । एमसिसी रोक्न मोर्चाका संयोजक सिपी गजुरेलसहितका नेताहरुले मंगलबार प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाएपछि संयोजक गजुरेलले पत्रकारसँग कुरा गर्दै आफुहरुले एमसीसी कार्यान्वयन गर्न नहुने र भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले एमसिसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको बताउनुभयो । त्यस्तै नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक लगायतमा भारतले मिचेको भूमि फिर्ता गर्न सचिवस्तरबाट वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्रीले बताउनुभएको संयोजक गजुरेलले जानकारी दिनुभयो ।

संयोजक गजुरेलले एमसिसी कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश हुने र नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको बताउनुभयो । उहाँले ५५ अर्ब पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्ने काम सरकारले गर्न लागेको बताउनुभयो । उहाँले सरकारले नेपालको नयाँ नक्सा जारी गर्न नसकेको तथा आफ्नो जमिनमा अधिकार स्थापित गर्न सरकारले नै चासो नदेखाएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय