अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९
| Colorodo: 04:24
राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएर आएका ६ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीबाट प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, भूमिसम्बन्धी आठौं संशोधन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक प्रमाणीकरण भएका छन् ।
