अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८
| Colorodo: 04:03
कोरोना भाइरसको महामारीबाट प्रभावित चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निश्चित भएको छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि एक सय ९९ वटा क्वारेन्टाइन कोठा तयारी अवस्थामा राखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको बताउनुभयो । आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चाँडै चीनबाट नेपालीहरुलाई स्वदेश फर्काइने समेत जानकारी दिनुभयो ।
पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको भनाइ छ । यद्यपि, चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने मिति भने निश्चित भइनसकेको मन्त्री ढकालले बताउनुभयो ।
