अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३
| Colorodo: 07:58
पोखरास्थित सेती नदीको खोंचमा खसेर अड्किएका एक जनालाई सोमबार प्रहरीले सकुशल उद्दार गरेको छ। म्याग्दी घर भई हाल कास्की पोखरा बस्ने २३ वर्षीय आकाश गुरुङ खोंचमा खसेका थिए। गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको हो।
पोखरा महानगरपालिका ९ पार्वती टोलस्थित सेती नदीको खोंचमा आफ्नो कुकुर अड्किएपछि उक्त कुकुरलाई बचाउन लाग्दा गुरुङ खोचमा खसेका थिए। उद्दार गरिएका गुरुङको अवस्था समान्य रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
