राजधानीका ग्राण्डी अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । सोमवार धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर ओलीले स्वास्थ्य परिक्षण गराउनुभएको हो । प्रधानमन्त्री ओलीको मिर्गौलाले पछिल्लो समय काम गर्न छाडेपछि त्रिवि शिक्षण अस्पतालमा नियमित डायलाइसिस गराइरहनुभएको छ ।
गत शनिवार शिक्षण अस्पतालमा नियमित डायलाइसिस गराउनुभएकाओलीले असहज महसुस गरे पछि चिकित्सकको सुझावमा आइतबार आराम गरेका थिए। डायलाइसिसका क्रममा केही असहज महसुस गरेका ओलीलाई निजी चिकित्सकले एक पटक स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका थिए । त्यसपछि ओली सोमबार बिहान विहान ११ बजे ग्राण्डी अस्पताल पुगेर स्वास्थ्य जाँच गराएका हुन्।
प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाहको सल्लाहमा ग्रान्डीमा स्वास्थ्य परीक्षण गरिएको हो। स्वास्थ्य परीक्षणमा मिर्गौलाबाहेक अन्य कुनै समस्या नदेखिएको अस्पताल श्रोतले जनाएको छ।
