अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

ललिता निवास जग्गा प्करणका मुख्य अभियुक्त ढकालको घरमा बम विस्फोट गराउने सातजना पक्राउ

बिआरटीनेपाल २०७६ माघ २७ गते ७:३५ मा प्रकाशित

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको बालाजुस्थित घरमा बम विस्फोट गराउने विप्लव नेतृत्वको नेकपाका नेतासहित सात जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाका कपिल भट्ट रहेको प्रहरीले जनाएको छ । भट्ट गण्डकी ब्यूरो सदस्य रहेको बताइएको छ ।

पक्राउ परेका अन्य ६ जनामा दैलेख घर भइ हाल नैकाप बस्ने भीम अधिकारी, पोखरा घर भइ हाल नैकाप नै बस्ने विष्णुप्रसाद अधिकारी, रामेछाप घर भइ हाल नैकाप नै बस्ने हरीचन्द्र खड्का, गोकर्णेश्वर घर भइ हाल पुरानो ठिमी बस्ने दिनेश नगरकोटी, गोरखा घर भइ भैंसेपाटी बस्ने विकाश थापा, सिन्धुपाल्चोक घर भइ हाल भैसेपाटी बस्ने राजकुमार मगर रहेका छन् ।

महाशाखाको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट हिजो पक्राउ गरेको हो । उनीहरूबारे महानगरीय प्रहरी परिसरबाट समेत थप अनुसन्धान भइरहेको जनाइएको छ । माघ एक गते राती ढकालको घरको गेटमा बम विस्फोट गराइएको थियो । विस्फोटबाट पार्किङ गरेको कार र गेटमा क्षति पुगेको थियो । कुनै मानवीय क्षति भने भएको थिएन । यस्तै त्यसै दिन बेलुका बालुवाटारस्थित ललिता निवास परिसरमा समेत बम फेला परेको थियो । उक्त बमलाई सेनाको टोलीले निस्कृय पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय