अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

चीनमा रहेका नेपालीको उद्धारमा भएको ढिलाइप्रति काँग्रेसको सरकारलाई ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ माघ २७ गते ७:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्धारमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत् चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको हो ।

‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा ? कि पछि चीनबाट रेल आएपछि डब्बामा ? उद्धार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?, शर्माले प्रश्न गर्नुभएको छ । चीनमा रहेका नेपालीको उद्धारमा भएको ढिलाइको जवाफ दिने मुटु र उद्धार गर्ने हात छन् कि छैनन् भन्दै सरकारलाई उहाँले प्रश्न गर्नुभएको छ ।

उहाँले ‘बहिनी प्रमिलाको दाइ सम्पादक कृष्णज्वाला देवकोटाको क्रन्दन पढ्नुभयो ? जवाफ दिने ‘मुटु’ र उद्धार गर्ने हात छन्, छैनन् सरकारसँग ?’ भनेर प्रश्न पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय