अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

’जलवायु परिवर्तनको असर नेपालको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको छ’–मन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ माघ २६ गते ७:३६ मा प्रकाशित

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताउनुभएको छ । आइतबार काठमाण्डौमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर नेपालको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको बताउनुभएको हो ।

जलवायु परिवर्तनको सिधा असर वनस्पति, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको मन्त्री पोखरेलले बताउनुभयो । खाद्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाइँसराइ गर्नाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको उहाको भनाई थियो । उहाँले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेण्डा भएको उल्लेख गर्दै जलवायु परिवर्तन हुनुमा विकसित राष्ट्रहरुको भूमिका बढी भए पनि त्यसको सबैभन्दा बढी असर नेपाललगायतका देशहरुमा परेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय