अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

अध्यक्ष ओली अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित

बिआरटीनेपाल २०७६ माघ २६ गते ७:३४ मा प्रकाशित

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । ओली अस्वस्थ भएपछि आज (आइतबार) का लागि तय भएको नेकपा केन्द्रीय सचिवालय बैठक बस्न स्थगित भएको छ । नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने तय गरिएको थियो ।

आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बिहान छलफल भएको थियो । तर, प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगन गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको स्वास्थ्यमा कस्तो समस्या आएको प्रष्ट जानकारी दिइएको छैन ।

स्वास्थ्यले साथ नदिएको भन्दै प्रधानमन्त्री ओलीले नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रम पनि उद्घाटन गर्नुभएन । दरबारमार्गस्थित याक एण्ड यति होटलमा सरकारले आयोजित ‘सगरमाथा संवाद’ राष्ट्रिय सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय