अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८
| Colorodo: 12:43
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवास समन्वय कमिटी गठन गरेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि प्रवास समन्वय कमिटी गठन गरिएको हो । समितिको सहइन्चार्जमा लक्ष्मण पन्त र अध्यक्षमा युवराज चौंलागाईं, सचिवमा श्रीप्रसाद साह र सदस्यमा तिलबहादुर बिक रहनुभएको छ ।
पार्टी महासचिव विष्णु पौडेलको उपस्थितिमा सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले कमिटीको कार्यविभाजन र प्रवासी नेपाली एकता मञ्चको निर्धारण गरेको छ । बैठकले ३६ देशमा मञ्चको नेतृत्वको नामावली टुंगो लगाएको छ ।
