अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

एक मिनेटभित्र ७० वटा वस्तुको नाम चिनेर नेपालका विजय शाहीले राखे नयाँ रेकर्ड

बिआरटीनेपाल २०७६ माघ २४ गते ६:५५ मा प्रकाशित

कालिकोटका विजय शाहीले १ मिनेटभित्र ७० वस्तुको नाम चिनेर ‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएका छन् । शाहीले एकपटक हेरेको ७० वटासम्म बस्तुको नामको लामो सूची १ मिनेटभित्रमा क्रम नटुटाई सरासर र सांयोगिक छनौट (र्यान्डम्ली) दुवै अवस्थामा भन्न सकेर कीर्तिमान कायम गरेका हुन् । उनी ‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड’मा १ मिनेटमा सबैभन्दा धेरै बस्तुको नाम सम्झने तिक्ष्ण क्षमतावानको रुपमा ‘द लङ्गेस्ट सिक्वेन्स अफ अब्जेक्ट्स मेमोराइज्ड इन वन मिनेट’मा नाम लेखाउन सफल भएका हुन् ।

यसअघि नेपालकै अर्पण शर्माले १ मिनेटमा ४२ वटासम्म बस्तु चिनेर ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा नाम लेखाउन सफल भएका थिए । तर अर्पणको भन्दा पनि १ मिनेटमा ७० वटा बस्तु सम्म चिन्ने तिक्ष्ण क्षमता उनीमा देखिएको छ । शाहीको क्षमता बुझ्न र हेर्न ‘च्याम्पियन्स् बुक अफ वर्ल्ड रेकर्ड’ बोर्ड टिम भारतबाट ६ सदस्यीय टोलीले नेपालको होटल अन्नपूर्णमा उनको प्रतिभा प्रत्यक्ष अवलोकन गरेका थिए । अवलोकन पश्चात टिमले शाहीलाइ च्याम्पियन घोषणा गर्दै प्रमाणपत्र दिएका हुन् ।

१२ कक्षा पास गरेर एमबिबिएस इन्ट्रान्स प्रिपेरेसनमा जुटेका शाहीले ‘च्याम्पियन्स् बुक अफ वर्ल्ड’ मा नाम लेखिएसँगै अमेरिकास्थित नासामा ‘एस्ट्रोनट क्यान्डिडेट’का लागि आवेदन दिएका छन् । कालिकोट पिलीस्थित  कालिका हाइयर सेकेण्डरी स्कुलबाट १२ कक्षा उत्तिर्ण गरेका शाही कलेज टपर हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय