अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा नभएका कारण नेपाली फर्काउन ढिलाइ

बिआरटीनेपाल २०७६ माघ २४ गते ६:५४ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा नभएका कारण चीनको वुहानमा रहेका नेपालीको उद्धारमा ढिलाइ भएको बताउनुभएको छ । वुुहानमा रहेका विद्यार्थीका अभिभावकले छोराछोरीलाई उद्धार गर्न सरकारलाई दबाब दिनेक्रममा आज मन्त्री ज्ञवालीलाई भेटेका थिए । अभिभावकले राखेको जिज्ञासाको जवाफमा मन्त्री ज्ञवालीले उद्धारका लागि सरकारको काम गरिरहेको भन्दै मिति तोक्न बाध्य नबनाउन आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङठनको मापदण्डअनुसार चीनबाट नेपालमा ल्याउने विद्यार्थीलाई राख्ने क्वारेन्टाइन मात्र भएर हुँदैन, आइसोलेसन वार्ड, उपचार गर्ने स्वास्थ्यकर्मी सबै तयार हुनुपर्ने भन्दै मन्त्री ज्ञवालीले मापदण्ड पूरा गर्ने क्रममा केही ढिलाइ भएको बताउनुभयो । वुहानमा रहेका १ सय ८० जना नेपालीले उद्दार गरिदिन वेइजिङस्थित नेपाली दूतावासमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय