नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभाका बैंठकहरु अवरुद्ध गर्ने निर्णय गरेको छ । आज विहान बसेको संसदीय दलको बैठकले गरेको निर्णय बमोजिम उसले आजको संघीय संसद् बैठक अवरुद्ध पारेको हो ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताउनुभएको थियो । बैंठकले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारमाथि मुद्धा दायर गरेको भन्दै आपत्तिसमेत जनाएको छ ।
तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव बिष्णु पौडेलका छोरा नविन पौडेलमाथि पनि छानविन गर्न बैंठकले माग गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसंधान आयोगको नियत माथि प्रश्न चिन्ह खडा गरेको भन्दै नेपाली कांग्रेसले सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग चलेको आरोप पनि नेपाली कँंग्रेसले लगाएको छ ।
