अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४
| Colorodo: 05:29
दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङ जेलबाट छट्नुभएको छ । उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटी तिरेर मिलन रिहा हुनुभएको हो । मिलनलाई फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो । बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उहाँलाई प्रहरीले हिरासतमा लिएको थियो ।
यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बेवास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हान्नुभएको थियो । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराउनुभएको थियो । प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो । उहाँ साधारण तारिखमा यसअघिनै छुटिसक्नुभएको छ ।
