अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

कांग्रेस उपसभापति बिजय कुमार गच्छद्धार निलम्बित

बिआरटीनेपाल २०७६ माघ २२ गते ६:२२ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित हुनुभएको छ । ललिता निवास जग्गा प्रकरणमा संलग्नता रहेको निश्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ स्वतः सांसदबाट निलम्बित हुनुभएको हो ।

भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ । गच्छद्धारले ललितानिवासको सरकारी जग्गा हडप्ने काममा सघाएको प्रमाणसहित अख्तियारले मुद्दा दायर गरेको हो । गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

गच्छदारमाथी अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगोसहित मुद्दा दायर गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय