अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३
| Colorodo: 07:08
बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेका लागि सारिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा पेस गर्ने एजेण्डाबारे तयारी नपुगेकाले बैठक ४ दिन पर सारिएको जानकारी दिनुभयो ।
माघ १० गते पार्टीभित्रको आन्तरिक विवाद मिलाएको र शीर्ष नेताहरुबीच भएको सहमति अनुरुप केही निर्णय १३ गतेको केन्द्रीय कार्यसमितिले गरेपनि सहमतिका बाँकी विषय टुंग्याउन आवश्यक छलफल गर्नुपर्ने भएकोले बैठक सारिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यो हप्ता शीर्ष नेताहरु जिल्लामा भएका कार्यक्रममा सहभागि हुन गएकाले छलफल हुन नपाएकोले पनि थप छलफल गरेर टुंगोमा पुर्याउन बैठक सारिएको शर्माको भनाई छ ।
बिहीबारको बैठकमा १४ औं महाधिवेशनका लागि आवश्यक पर्ने विधानका धारा निलम्बन गर्ने विषयमा मस्यौदा पेस गर्ने तयारी थियो ।
