अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

‘कर्मचारीको आन्दोलनले टेलिकमलाई गोरखाली रबर बनाउँछ’ :सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ माघ २२ गते ६:०२ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई  गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभएको छ ।उहाँले बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रममा सेवा विस्तारसँगै आउने चुनौति र गुणस्तरमा सुधार गर्दै अगाडि बढ्न सुझाव दिनुभएको हो ।

मन्त्री  बाँस्कोटाले छोटो समयमा टेलिकमले उल्लेख्य प्रगति गरेको बताउनुभयो ।  ‘पहुँचको विस्तार पछि आउने चुनौति त्यो चुनौति के हो ? उहाँले भन्नुभयो, अब गुणस्तरमा सुधार,  अवको हाम्रो योजना के हुनुपर्छ ? सेवा मात्रै विस्तारित भएर भूभाग मात्रै कब्जा गरेर हुँदैन त्यसतर्फ पाइला चाल्न सक्नुपर्छ ।’ उहाँले पछिल्लो एक वर्षमा कम्पनीले बहुप्रतिक्षित फोरजी सेवा परियोजना देशैभरी पुर्याउन सफल भएको समेत बताउनुभयो । उहाँले प्रदेश ५ र गण्डकी प्रदेशको अप्टिकल फाइबर विस्तारको काम पनि छिट्टै गर्ने बताउनुभयो ।

बाँस्कोटाले टेलिकममा कार्यरत केही कर्मचारीहरु आन्दोलन गरिरहेको उल्लेख गर्दै जायज माग भए सम्बोधन गरिने तर राजनीति गर्नेलाई ठेगान लगाइने बताउनुभयो । ‘राजनीति गर्नेभए पार्टी कार्यालय जानुस्’ उहाँले भन्नुभयो । उहाँले राजनीतिका लागि राजनीति नगर्न र संस्थाको लागि काम गर्न आग्रह समेत गर्नुभयो । उहाँले कर्मचारीको आन्दोलनका कारण गोरखकाली रबर उद्योग र टिम्बर कर्पोरेसनको जस्तो अवस्थामा टेलिकमलाई पुर्याउने खेल भइरहेको समेत बताउनुभयो ।

टेलिकमले वार्षिकोत्सव मनाइरहदा आधिकारिक ट्रेड युनियनका असन्तुष्ट कर्मचारीहरु टेलिकमको शेयर कर्मचारीले पाउनुपर्ने, करारका कर्मचारीको नोकरी अवधि गणना हुनुपर्ने लगायतका विषयमा माग राख्दै आन्दोलन गरेपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय