अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

कोरोना भाइरसका बारेमा अमेरिका सहित पश्चिमा शक्तिले राजनीति गरे : नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ माघ २२ गते ५:०४ मा प्रकाशित

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसका बारेमा अमेरिका लगायत पश्चिमा शक्तिले राजनीति गरेको आरोप लगाउनुभएको छ । प्रेस संगठन नेपाल, कास्कीले आयोजनामा पोखरामा भएको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले चीनलाई मन नपराएकै कारण उनीहरुले कोरोनाका बारेमा अनावश्यक प्रचारप्रसार गरेर वातावारण दूषित बनाएको आरोप लगाउनुभयो ।

कोरोना भाइरसबाट त्रसित हुनुपर्ने अवस्था नआए पनि सतर्कचाहिँ हुन पर्ने अवस्था रहेको उहाको भनाई छ । चीनले कोरोना भाइरसको उपचारका लागि भ्याक्सिन बनाउने काममा लागिरहेको बताउँदै छिट्टै निराकरण हुने आशा समेत प्रचण्डले ब्यक्त गर्नुभयो । सन् २००८ मा अमेरिकालगायतका देशमा महामारी फैलिँदा चीनले सघाएको तर अहिले चीनलाई सघाउने कामभन्दा बढी अनावश्यक प्रचार भएको प्रचण्डले आरोप लगाउनुभयो । शक्ति राष्ट्रले के कुरालाई राजनीतिक रुप दिने वा नदिने भन्नेबारेमा सचेत भएर अघि बढ्नुपर्ने पनि उहाको भनाई छ ।

अध्यक्ष प्रचण्डले एमसीसीको ठाडै समर्थन र विरोध गर्नेभन्दा पनि बुझेर मात्रै निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । झलनाथ खनालको नेतृत्वमा गठन भएको तीन सदस्यीय कार्यदलले एमसीसीका बारेमा अध्ययन थालिसकेको उहाको भनाई छ । कार्यदलले ल्याएको कुरा जस्ताको त्यस्तै पास हुन्छ भन्ने नभएको स्पष्ट पार्दै एमसीसी पास गर्ने वा नगर्ने भन्ने कुरा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि मात्रै तय हुने पनि प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय