झापाको विर्तामोड नगरपालिका–२ चारपानेमा जलेको अवस्थामा पुरुषको शव फेला परेको छ । परालको जलेको कुन्युसँगै अन्दाजी ४० वर्षका एक पुरुषको शव भेटिएको हो । मृतकको परिचय खुल्न सकेको छैन् । चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । प्रहरीले घटनास्थल घेरा हालेको छ । घटनाको प्रकृतिलाई हेर्दा ढुङगाले हानेर परालको माचमा लगेर जलाइएको हुन सक्ने अनुमान गरिएको छ ।
परालको माचमा हात, खुट्टा जलेको अवस्थामा शव देखिन्छ । शव भएको ठाउँबाट सय मिटर पश्चिममा रगत लतपतिएको छ । त्यसैगरी करिब सय मिटर पूर्वमा पनि रगत तलपतिएको ढुङ्गा र काटिएको लिङ्ग जस्तो शरिरको कुनै अंग भेटिएको छ । घटनाको कारण खुल्न सकेको छैन् । कुकुरको सहयताले अनुसन्धान भइरहेको र मंगलबार साँझसम्म कस्को शव हो र कसले घटना घटाएको हो भन्ने पुष्टि हुने झापा जिल्ला प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
