अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

अछाममा नगरपालिका वडाध्यक्षको हत्या, शव क्षतविक्षत अवस्थामा भेटियो

बिआरटीनेपाल २०७६ माघ २१ गते ५:३१ मा प्रकाशित

अछामको पञ्चदेवल विनायक नगरपालिकामा वडाअध्यक्षको हत्या भएको छ । वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको हत्या भएको हो । वडाअध्यक्ष धामीको सोमबार राति हत्या भएको हो । वडाअध्यक्ष धामीको घर नजिकै क्षतविक्षत अवस्थामा मंगलबार बिहानै शव भेटिएको वडा नम्बर १ का सदस्य तथा नेपाली कांग्रेसका अछाम प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष धामीको हत्या कस्ले गर्यो ? भन्ने बारे एकीन भइसकेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको छ । धामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । धामी वडाध्यक्ष हुनुअघि शिक्षणा पेशामा हुनुहुन्थ्यो ।

स्थानीय एक महिलाले भैंसी दुहुन गोठमा जाँदा क्षतविक्षत अवस्थामा धामीको शव देखेपछि चिच्याएको र त्यसपछि धामीको हत्या भएको थाहा भएको हो । घटनास्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा जम्मा भएका छन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय