अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

न्यायका लागि गंगामाया राष्ट्रसंघ कार्यालयमा, अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न माग

बिआरटीनेपाल २०७६ माघ २१ गते ४:५९ मा प्रकाशित

सरकारले न्याय नदिएको भन्दै गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपील गर्नुभएको छ । अधिकारीले आज(मंगलबार) नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग गरिदिन अपील गर्नुभएको हो । न्यायका लागि आफ्नो संघर्ष जारी रहको पनि गंगामायाले बताउनुभयो ।

आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाले लामो समयदेखि न्याय पाउन नसकेको भन्दै गंगामाया अधिकारीको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कुनै हालतमा पनि छुट दिन नहुने बताउनुभयो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संक्रमणकालिन न्यायको प्रकृया विश्वसनीय ढंगले अघि नवढेको बताउनुभयो । गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही गर्न माग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय