अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२
| Colorodo: 10:07
नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले भेटवार्ता गर्नुभएको हो ।
भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।
सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गुर्नहुँदै दुई देशबीचको सम्बन्ध र सहकार्य अझ बलियो बनाउनुपर्ने बताउनुभयो । सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतले शिष्टाचार भेटघाट गरिसकेका छन् ।
