अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 03:41

१२५ देशका पत्रकारलाई उछिन्दै खेल पत्रकार ओलीलाई ९ लाख रुपैयाँको एआइपिएस स्पोर्ट्स अवार्ड

बिआरटीनेपाल २०७६ माघ २१ गते ४:५५ मा प्रकाशित

नेपाली खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशनले प्रदान गर्ने एआइपिएस स्पोर्ट्स मिडिया अवार्ड जित्नुभएको छ । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उहाँले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गर्नुभएको हो ।

हङ्गेरीको बुडापेस्टमा गए राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषित गरिएको हो। अर्जे्न्टिना र स्पेनका खेल पत्रकारको समाचारलाई पछि पार्दै ओलीले ९ लाख राशिको सो पुरस्कार हात पार्नुभयो । उहाँ अङग्रजी दैनिक ‘दि काठमाडौँ पोष्ट’का खेलकूद व्यूरो प्रमुखका साथै नेपाल खेलकूद पत्रकार मञ्चका महासचिवसमेत हुनुहुन्छ । एआइपीएसमा अवार्ड जित्ने ओली नेपालको पहिलो पत्रकार बन्नुभएको छ । उहाँ डेढ दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय रहनुभएको छ ।

पत्रकार ओलीले गत असार १९ गते काठमाडौँ पोस्टमा मुस्किलले ५० खेल खेलिने ‘नेपालमा झण्डै २०० खेल संघ पालिएका छन्’ शीर्षकमा समाचार सम्प्रेषण गर्नुभएको थियो । त्यही समाचार विश्वभरका १८० देशका सयौँ पत्रकारले पठाएको समाचारमध्ये सर्वोत्कृष्ट बनेको हो। सो विधामा स्पेनका कार्लोस माटालान्स र अर्जे्न्टिनाका सेबास्टिन इग्नासियो टोरोक शीर्ष तीनमा परेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय