संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी तनहुँले सोमवार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको जिकिर गर्नुभयो ।
मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारो बाटो आउँने , अवरोध आइपर्ने भएकोले त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको संज्ञा दिँदै नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि दावी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी का स्थायी कमिटी सदस्य समेत रहनुभएका मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेको बताउनुभयो । पार्टी एकीकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको भन्दै उहाँले बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको चर्चा गर्नुभयो ।
केन्द्रीय कमिटी बैठकले ३ महिने अभियान घोषणा गरेको जानकारी गराउँदै उहाले अभियानमा सबै नेताहरू गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने उहाको भनाई थियो । विक्रम संवत् २०७७ सालको चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुद बनाउने भट्टराइको भनाई छ ।

dGqL e§/fO{ ;Daf]wg
bdf}nL, @) df3 M g]kfn sDo’lgi6 kf6L{ -g]skf_ tgx’Fn] cfOtaf/ bdf}nLdf cfof]hgf u/]sf] sfo{stf{ e]63f6nfO{ ;Daf]wg ub}{ ;+:s[lt, ko{6g tyf gful/s p88odGqL of]u]zs’df/ e§/fO{ . t:jL/ M s[i0f Gof}kfg]÷/f;;