पोखरा । उमा माध्यमिक विद्यालय अन्नपूर्ण गाउँपालिका वडा न १० कि कक्षा ९ मा अध्ययनरत छात्रा ममिता बिक कास्की तारा बन्न सफल भएकी छन् । सुर्यतारा क्लब पोखराद्वारा आयोजित २०७६ असोज ५ गते देखि सुरु भएको कास्की तारा वक्तृत्व कलाको फाइनलमा प्रथम हुँदै विकले नगद रु तिस हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
सुखी नेपाली समृद्ध नेपाल निर्माणका आधार विषयक वक्तृत्वकलामाअमरसिंह माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा अपेक्षा अधिकारी द्वितीय र गौरीशङ्कर मणिलाल मा वि कि कक्षा १० मा अध्ययनरत छात्रा दुर्गा ढुङ्गाना तृतीय भए । द्धत्तीय र तृतीयले क्रमशः बिस हजार र दश हजार सहित मेडल र प्रमाणपत्रले प्राप्त गरे । 
कास्कीमा रहेका पाँच वोटे स्थानीय तहमा भिन्ना भिन्नै माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता सम्पन्न गरी उत्कृष्ट तीन लाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको फाइनलमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सुर्यतारा क्लब पोखरा जस्तै सामाजिक संस्थाहरूले सरकारसँग हातेमालो गर्दै अगाडी बढेमा सुखी नेपाली समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गरिन् ।
बालबालिका भविष्यका कर्णधार रहेकाले उनीहरूबाट प्राप्त बिचारले नीति निर्माण तहमा महत्त्वपूर्ण योगदान पुग्ने कोइरालाको भनाइ थियो । क्लबका अध्यक्ष विष्णु पुनले कास्की तारा हुन सफल विद्यार्थीलाई उच्च शिक्षा सम्मको अध्ययन खर्च क्लबले बेहोर्ने घोषणा गरे । उनले भोलिको समाजको नेतृत्व विध्यार्थीहरुको हातमा हुने भयकाले लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन यस्ता अभियान सुरु गरिएको बताए । वेथानी वोर्डिङ्ग स्कुल पोखरा १० मा आयोजित उक्त कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३० अध्यक्ष श्रीराम पोखरेल, वेथानी वोर्डिङ्ग स्कुल स्कुलका प्रिन्सिपल शुक्रराज अधिकारि, क्लबका सल्लाहकार मोहन सुवेदी, क्लबका सहसचिव कृष्ण प्रसाद अधिकारी लगायतले बोलेका थिए । 
प्रतियोगिताको निर्णायकको रूपमा समालोचक नगेन्द्र राज लामिछाने, उप प्राध्यापक नारायण दत्त सुबेदी र विद्यार्थी नेता लक्ष्मण तिमिल्सेना रहेका थिए । कार्यक्रम संयोजक शिव प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव रामचन्द्र तिमिल्सेनाले गरेका थिए । 