अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

‘एमसीसी’को पक्ष विपक्षमा नेकपा सदस्य

बिआरटीनेपाल २०७६ माघ १८ गते ५:३१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गर्नेक्रम जारी छ । समूहगत छलफल समाप्त भएसँगै केन्द्रीय सदस्यहरु अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्ष र विपक्षमा उभिएका छन् ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरुले एमसीसी रणनीतिक परियोजना भएकाले कार्यदल गठन गरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ । तर, अर्को पक्ष भने एमसीसी कार्यान्वयनको पक्षमा देखिएको छ । बैठकमा सरकारको कामको पनि व्यापक आलोचना भएको छ । यसैगरी, पार्टी नेतृत्वलाई आचरण र व्यवहार सुधार्न तथा भ्रष्टाचारमा नफस्न पनि सुझाव दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय