अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

मालपोत कार्यालयका सहयोगी विरुद्ध ९ करोड अकुत कमाएको मुद्धा दायर

बिआरटीनेपाल २०७६ माघ १६ गते ७:१६ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौं चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आज अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको एक विज्ञप्ति मार्फत जानकारी गराएको हो । उनी र उनको परिवारको नाममा नौ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको अख्तियारले जनाएको हो ।

अख्तियारका अनुसार त्यो सम्पत्तिमध्ये आठ करोड ९८ लाखको वैध स्रोत खुलेन । त्यो सम्पत्ति उनले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ । त्यसैले उनलाई दुइ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो । त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको आठ करोड ९८ लाख जफत गर्न पनि अख्तियारको माग छ । उक्त सम्पत्ति मध्ये ७४ लाख ७३ हजार तीन सय ७३ रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाएको छ ।

मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि बस्नेत अनुसन्धानमा तानिएका थिए । बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेश देखि गत वर्षसम्मको अवधिमा भएको आय विश्लेषण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय