अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

रुपन्देहीमा बोराले किचेर एकै परिवारका ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ माघ १६ गते ७:१४ मा प्रकाशित

रुपन्देहीमा बोराले किचेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले किच्दा भारत बिहारका ३० वर्षका सहजाद हुसेन, उनका श्रीमती २८ वर्षका सद्धव खातुन, ६ वर्षका छोरा सुल्तान रजा र २ वर्षका छोरी सहिना खातुनको मृत्यु भएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो । घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर खस्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको प्रहरीको जनाएको छ ।

प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५–२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय