अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले पोखराबाट ईपीएल खेल्ने

बिआरटीनेपाल २०७६ माघ १६ गते ७:०६ मा प्रकाशित

वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्नुहुने भएको छ । विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्न लाग्नुभएको हो । पोखराले आज पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । ईपीएल चैत एक गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउनुहुनेछ । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्ने खेलको तय हुनेछ । गेल किङ्स इलाभेन पन्जाबबाट आईपीएल खेल्दै आउनुभएको छ । क्रिकेटमा युनिभर्स बोसमा नामले परिचित गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुनुहुन्छ । गेल आईसीसीको टेष्ट, एकदिवसीय र टी–ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुनुहुन्छ । गेलले वेष्ट इण्डिजबाट एक सय ३ टेष्ट, तीन सय एक एकदिवसीय र ५८ टी–ट्टिवान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ ।

वेष्ट इण्डिजले सन् २०१६ को टी–ट्वान्टी विश्वकपको उपाधि जित्दा गेल मुख्य खेलाडी रहनुभएको थियो । ४० वर्षका गेलले टी–ट्वान्टीमा १३ अर्धशतक दुइ शतकसहित कुल एक हजार ६ सय २७ रन बनाउनुभएको थियो । गेलले टेष्टमा सात हजार दुइ सय १५ रन बनाउनुभएको छ । एकदिवसीयमा उहाँले १० हजार चार सय ८० रन बनाउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू