अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

संसद्ले एमसीसी पारित गरेरै छाड्छ– सरकारका प्रवक्ता मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ माघ १६ गते ७:०१ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एमसीसी चीनलाई छेक्न नआएको दाबी गर्नुभएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी र बिआरआईको विषयवारे भ्रम गलत भएको बताउनुभएको हो ।

उहाँले एमसीसी चीनलाई छेक्न र बिआरआई अमेरिकालाई रोक्न नआएको दावी गर्दै संसदले एमसीसी पारित गरेरै छाड्ने बताउनुभयो । संसद्मा दर्ता भइसकेको एमसिसी सम्बन्धी विधेयकमा छिटै छलफल गरेर पारित गरिने उहाँको भनाइ थियो ।

एमसीसीको सहयोग लिने विषय लामो समयदेखि विवादित बन्दै आएको छ । सत्ताधारी नेकपाका नेताहरूले यसलाई परिमार्जन गरी पारित गर्न अडान गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय