अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

चीनमा कोरोना संक्रमण बढेपछि रसुवागढी नाका १५ दिन बन्द गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७६ माघ १५ गते ६:२३ मा प्रकाशित

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी नाका १५ दिन बन्द हुने भएको छ। सो नाकाबाट चिनियाँलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ। बुधबार देखि १५ दिनसम्म उक्त नाकाबाट चिनियाँलाई नेपाल प्रवेश गर्न रोक लगाइएको नेपाल सरकार गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले मुख्यतः तीन कारणले सो नाकाबाट नेपाल प्रवेश गर्न रोक लगाइएको स्पष्ट पारेको छ। तिब्बतमा अहिले ल्होसार चलिरहेको, कोरोना भाइरस र सडक निर्माण कार्य जारी भएकाले चिनियाँलाई नेपाल प्रवेश गर्न नदिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । चिनियाँलाई नेपाल प्रवेश गर्न रोकेसँगै नेपालबाट पनि चीन जान रोक लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय