अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६
| Colorodo: 18:01
नेपालमा पनि ‘कोरोनाभाइरस’ संक्रमित भेटिएको छ । नेपालमा एकजना कोरोनाभाइरसको संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले चीनबाट फर्किएकी एकजना विद्यार्थी कोरोनाभाइरस संक्रमति भएको पाइएको जानकारी दिएको छ ।
कोरोनाभाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिनेक्रममा छ ।