अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४
| Colorodo: 11:09
भारत सरकारले विनय मोहन क्वात्रालाई नेपालका लागि राजदूत प्रस्तावित गरेको छ । उनको नाम नेपाल सरकारले स्वीकृत गरेपछि विधिवत नियुक्ति हुनेछ । सन् १९८८ ब्याचका विदेश सेवाका अधिकृत क्वात्रा हाल फ्रान्सका लागि भारतीय राजदूत रहनुभएको छ ।
उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को निर्देशकको रुपमा सन् २००६ देखि २०१० सम्म काठमाडौँमा बिताउनुभएको थियो । क्वात्राले भारतको विदेश मन्त्रालय अन्तरगत नीति योजना तथा अनुसन्धान शाखाको प्रमुखका रुपमा पनि काम गर्नुभएको थियो ।
क्वात्राले सन् २००३ देखि २००६ सम्म चीनमा रहेको भारतीय दूतावासमा कन्सुलर तथा त्यसपछि डेपुटी चिफ अफ मिसनका रुपमा पनि काम गर्नुभएको थियो ।
