अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९
| Colorodo: 01:14
पोर्चुगलको समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर दुई नेपाली दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका उनीहरु समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए ।
९ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए । दुबैको शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भइनसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले जानकारी दिनुभयो ।