अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२
| Colorodo: 09:57
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताउनुभएको छ । एक टेलिभिजनको कार्यक्रममा बोल्दै उहाँले एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको बताउनुभयो ।
उपप्रधान तथा गृहमन्त्री भइसक्नुभएका रावलले सार्वजनिक रूपमा त्यो पनि बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएपछि उहाँलाई कसले यस्तो धम्की दियो त भन्ने कुरामा विभिन्न अडकलबाजी गरिएको छ।
रावलले उल्लेख गरेको लेडी डायनाको प्रसंग र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केहीदिनअघि लेखेको फेसबुक स्टाटस हेर्दा यो प्रकरणको तस्बिर केही हदसम्म प्रष्ट देख्न सकिने बिश्लेषकहरुले जनाएका छन् ।
