अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

सभापति देउवासँग पार्टी सन्चालनको योजना छैन, नेतृत्व परिवर्तन हुन्छ – शशांक कोईराला

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:२१ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सन्चालनको योजना नहुँदा समस्या आएको बताउनुभएको छ । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो ।

सुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको कोईरालाको भनाई थियो । सभापतिबाट अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सन्चालन प्रक्रियामा कुनै स्पस्ट खाका आउन नसकेको उहाँले बताउनुभयो ।

सभापतिप्रति कडारुपमा प्रस्तुत हुनुभएका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको कोईरालाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय