अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

सूचना प्रविधि विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:४३ मा प्रकाशित

नेपाल विद्यार्थी संघले सूचना प्रविधि विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्म प्रतिकूल रहेको भन्दै नेविसंघले प्रदर्शन गरिएको हो।

विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै विरोध भएको हो। विधेयकमार्फत सरकारले समाजिक सञ्जालसहितमा पनि अंकुश लगाउन खोजेको भन्दै विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय