अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

काँग्रेसका सभापतिलाई बुढानिलकण्ठ आउन सभापति देउवाको आग्रह

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:१६ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिलाई आफ्नो निवास बूढानीलकण्ठमा आउन आग्रह गर्नुभएको छ । पार्टी संस्थापनको कार्यशैलीप्रति असन्तुष्ट संस्थापन इतर समूहको अगुवाइमा जिल्ला सभापति तीन दिनदेखि पार्टी कार्यालयमा छलफलमा जुटेका बेला देउवाले पनि सभापतिलाई भोलि बूढानीलकण्ठमा बोलाउनुभएको हो ।

काँग्रेस पार्टी कार्यालयमा मुख्य सचिव कृष्ण प्रसाद पौडेलले देउवाले सभापतिलाई बोलाएको जानकारी गराउनुभएको हो । भेटका क्रममा जिल्ला सभापतिले देउवालाई सानेपा भेलाबाट जारी हुने घोषणापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । संस्थापन इतर पक्षले पार्टीमा उत्पन्न पछिल्लो विवादबारे आफूनिकटका जिल्ला सभापतिसँग पराशर्म गरेको हो ।

जसमा संस्थापन इतर समूहलाई ४३ जिल्लाका जिल्ला सभापतिले साथ दिएका छन् । मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पुस ११ गतेसम्म पटक पटक स्थगित गर्दै सहमतिको प्रयास गरिएको थियो । तर, सहमतिबिनै संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित विभिन्न सांगठनिक विषयमा निर्णय लिएको थियो । निर्णय सच्याउन इतर पक्षले दवाव दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय