अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५
| Colorodo: 09:30
अस्ट्रेलियामा भएको आगजनीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले दुख व्यक्त गरेको छ । नेपालले अस्ट्रेलिया सरकारलाई समवेदना सन्देश पठाएर दुख व्यक्त गरेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समकक्षी मराइज पेइनलाई सोमबार समवेदना सन्देश पठाएको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अस्ट्रेलियन समकक्षी मराइज पेइनलाई अस्ट्रेलियाको विनाशकारी आगजनीमा धेरै मानिस र दशौं लाख जनवारको मृत्यु, वनस्पति तथा अन्यक जीवजन्तुको अपुरणीय क्षति, र भौतिक संरचनामा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै समवेदना सन्देश पठाउनुभएको छ ।“
उक्त सन्देशमार्फत मन्त्री ज्ञवालीले अस्ट्रेलियन सरकार र त्यहाँका जनताको संकट समाधानको पहलले सफलता पाउने विश्वाससमेत व्यक्त गरेको जनाइएको छ ।
