अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 19:58

अष्ट्रेलियामा पानी परेपछि तापक्रममा गिरावट

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:१८ मा प्रकाशित

अष्ट्रेलियामा पानी परेसँगै तापक्रम तल झरेको छ । तापक्रममा कमी आएको भएपनि आगो भने बन्द नहुने अधिकारीहरुले बताएका छन् । साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भने भएको छ । पानी परेसँगै तापक्रम अत्यधिक बढ्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारी समेत गराएको बीबीसीले जनाएको छ । अहिले डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् । यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् ।

आजदेखि भने मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी नआएको बताईएको छ । तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिंदै तापक्रम बढ्ने र डढेलो पुनः सक्रिय हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू