अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

सुडान घोटालाका ठेकेदार शम्भु भारती जेल मुक्त

बिआरटीनेपाल २०७६ पुष २० गते ८:१९ मा प्रकाशित

बहुचर्चित सुडान घोटाला काण्डका ठेकेदार शम्भु भारती जेलमुक्त भएका छन्। गएको भदौ १२ गते पक्राउ परेर डिल्ली बजार कारागारमा थुनामा रहेका भारतीलाई सर्वोच्च अदालतले जेलबाहिर बसेर मुद्दाको पुनरावलोकन गर्न पाउने सुविधा दिएको हो।

शन्तिास्थापनका लागि सुडानमा खटिने नेपाल प्रहरीका लागि चाहिने बन्दोवस्तीका सामाग्री खरिद गर्ने क्रममा भारतीले अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधिका रुपमा प्रहरीका उच्च अधिकारीसँग मिलेर भ्रष्टाचार गरेको ठहर सर्वोच्च अदालतले गरेको थियो। भारतीलाई सर्वोच्चले सुडान घोटाला काण्डमा दोषी रहेको ठहर गर्दै १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो।

मुद्दा फैसलापछि फराहर रहँदै आएका भारतीलाई भदौमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरबाट पक्राउ गरेको थियो। डिल्ला बजार कारागारकी निमित्त प्रमुख सीता अधिकारीले भारती आइतबार सर्वौच्चको आदेशअनुसार मुक्त गरिएको जानकारी दिनुभयो । सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको एफपियुका लागि बन्दोबस्तीको सामान खरिद गर्दा नक्कली समाना किनेर भ्रष्टाचार गरेको निष्कर्ष तत्कालीन लेखा समितिले छानबिनपछि ठहर गरेको थियो।

२०७३ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुडान घोटालामा दोषी ठहर गर्दै तीन पूर्वप्रहरी महानिरीक्षकसहित सातजनालाई जरिवानासहित कैद सजाय सुनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय