अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

त्रिभुवन विमानस्थलबाट सुन र हिरासहित दुई भारतीय पक्राउ

बिआरटीनेपाल २०७६ पुष २० गते ८:१८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन र हिरासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहम्मद मेदिन र कोट्टाकुथ किज्हाकिथिल रहेका छन् ।

दुबईबाट नेपाल आएका उनीहरुको साथबाट ५९९ ग्राम सुन र २२२ ग्राम हिरा बरामद भएको हो । मलद्वारमा लुकाएर सुन र हिरा तस्करी गरिरहेको अवस्थामा विमानस्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

एक साताको अन्तरालमा त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेको यो पाँचौ पटक हो । यसअघि पुष १५ गते आधा किलो सुनसहित दुईजना र पुष १८ गते दुईकिलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय