अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४
| Colorodo: 13:09
नेपाली मुक्तकको विकास र विस्तारका संगै यसले विश्वव्यापी रूप लिएको छ। दुई महिनाअघि अमेरिककाको न्यूयोर्कमा प्रतिष्ठानको शाखा गठनपछि मुक्तक मेलाको अमेरिका श्रृंखला शुरू भएको छ।
आयोजित मेलाको प्रथम श्रृंखलामा न्यूयोर्क, न्यूजर्सी,बोस्टन, न्यूह्यामसायर,नर्थ क्यारोलिना तथा अमेरिकाका विभिन्न राज्यका ५ दर्जनभन्दा बढी साहित्यकार, साहित्यअनुरागी, पत्रकार, समाजसेवीहरूको सहभागिता थियो।
मेलामा दर्जनौ मुक्तककारले विभिन्न विषय र भावका मुक्तक सुनाएका थिए भने मदन पुरस्कार विजेता योगमाया उपन्यासकी सर्जक नीलम कार्की निहारिकालाई सम्मान गरिएको थियो। सोही अवसरमा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गरिएको थियो ।