अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 05:03

‘आइएस’ले इसाइ धर्मावलम्बीको टाउको छिनायो, ‘बग्दादी हत्याको बदला’

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:२४ मा प्रकाशित

नाइजेरियामा इस्लामिक अतिवादी समूह ‘आइएस’ले ११ जना इसाइ धर्मावलम्बीको हत्या गरेको दाबी गरेको छ । उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । आइएसले यो हत्यालाई सिरियामा गएको अक्टोबरमा आफ्ना नेता अबु बकर अल–बग्दादी मारिएको घटनाको बदला अभियानको एउटा हिस्सा भएको जनाएको छ ।

५६ सेकेन्ड लामो भिडियोमा हत्याको दृश्य देखाइएको छ । भिडियो डिसेम्बर २६ तारिखमा जारी गरिएको थियो । आइएसको ‘समाचार एजेन्सी’ अमाकले भिडियो सार्वजनिक गरेको हो । हत्या गरिएका व्यक्ति सबै पुरुष छन् । तर, मृतककाबारेमा कुनै जानकारी दिइएको छैन ।

अज्ञातस्थलमा एक बन्धकलाई गोली हानिएको छ भने अरु १० जनालाई भुइँमा सुताएर उनीहरूको गर्दन काटिएको छ । आइएसका नेता बग्दादी र प्रवक्ता मुहाजिर सिरियामा अमेरिकी कारबाहीमा मारिएका थिए । सो मृत्युको करिब दुई महिनापछि डिसेम्बर २२ मा आइएसले मृत्युको प्रतिशोधमा नयाँ सैन्य अभियान घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू