अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 04:39

काजखस्तानमा १०० यात्रु सवार विमान दुर्घटना, कम्तीमा १२ जनाको मृत्यु, ६० जना घाईते

बिआरटीनेपाल २०७६ पुष ११ गते ८:२७ मा प्रकाशित

मध्य एसियाली मुलुक काजखास्तानमा एक विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बेक एअरको विमान चालकदलका सदस्य र यात्रु गरी १०० जना बोकेर उडेको थियो । विमानस्थलका अधिकारीहरुकाअनुसार अमाल्टी विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको थियो ।

विमानमा चालकदलका पाँच सदस्य र ९५ यात्री सवार थिए । त्यसमध्ये ८ जना बालबालिका थिए । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकाहरु पनि छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनास्थल आसपास त्यस समयमा बाक्लो कुहिरो लागेको बताइएको छ ।

विमान दुईतले भवनमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । विमान भवनमा ठोक्किएपनि आगोलागी भएन । सोही कारण धेरै यात्रीलाई जीवितै उद्धार गरी तत्कालै अस्पताल लगिएको थियो । विमान काजखस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुर सुल्तानतर्फ जाँदै थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू