अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 04:55

काश्मीरको एलओसी मा गोली हानाहान– २ पाकिस्तानी र १ भारतीय सेनाको मृत्यु

बिआरटीनेपाल २०७६ पुष १० गते ७:२८ मा प्रकाशित

भारत र पाकिस्तानको विवादित क्षेत्र काश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा बिहीबार पाकिस्तानी र भारतीय सेनाबीच गोली हानाहान भएको छ । उक्त गोलीकाण्डमा दुई पाकिस्तानी र एक भारतीय सेनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय सेनाको गोली लागेर देवा पर्वतीय क्षेत्रमा पाकिस्तानी सेनाले ज्यान गुमाएको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गहफूरले जानकारी दिनुभयो । पाकिस्तानी सेनाले चलाएको गोली लागेर तीन भारतीय सेनाको मृत्यु भएको उहाको दाबी छ ।

यद्यपि, भारतीय सेनाका प्रवकता कर्णेल राजेश खालियाले एक भारतीय सेनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार एलओसीमा भएको गोलि हानाहानका क्रममा भारत प्रशासित काश्मीरको रामपुर क्षेत्रमा केही सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।

एलओसीले विवादित काश्मीर क्षेत्रलाई भारत र पाकिस्तानबीच बाँडेको छ । पाकिस्तानी विदेश मन्त्री साह मोहमम्द कुरेशीले उक्त गोली काण्डको निन्दा गर्दै सीमा रक्षाका क्रममा ज्यान गुमाएका दुईजना पाकिस्तानी सेनाप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति खल्बल्याउने काम गरेकोसमेत आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू