अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 05:04

हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, पेट्रोल बम प्रहार

बिआरटीनेपाल २०७६ पुष ९ गते ८:४४ मा प्रकाशित

६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ । प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् ।

क्रिकमसको पूर्वसन्ध्यामा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । अन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रंहार गरेपछि प्रहरीको दमन बढेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् । विवादास्पद विधेयकको विरोधमा सुरु भएको आन्दोलनका क्रममा प्रहरीले गरेको अत्याधिक दमकको छानविन गर्न माग गर्दै पछिल्ला दिनहरुको प्रदर्शन हुन थालेको बताइएको छ ।

केही आन्दोलनकारीहरुले क्रिसकमको समयमा प्रदर्शन गर्न नहुने बताएका थिए । तर आन्दोलनकारीले बैंक तथा निजी व्यापारीक भवनहरुमथि तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू